३ असोज । तनहूँ । जिल्ला समन्वय समिति तनहूँको आयोजनामा तनहूँको दमौलीमा संविधान दिवस कार्यक्रम मनाईएको छ । तनहूँ क्षेत्र नं. १ का सांसद एवं अर्थविद् डाक्टर स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम मनाईएको थियो । कार्यक्रममा प्रमुख अतिथि डा. वाग्लेले नेपालको संविधान उत्कृष्ट संविधान हुदाहुदै पनि कार्यान्वयन हुन नसेकेको कारणमा जनमानसमा संविधानप्रति वितृष्णा बढेकोले त्यस्को उचित कार्यान्वयन तिर सबै राजनीतिक दल अग्रसर हुनुपर्ने बताउनुभएको थियो ।
प्रदेशको बारेमा पनि जनताले धेरै संसय पालिरहेको हुनले किन र के का लागि त्यो संशय हो त्यतातर्फ ध्यान दिएरके साँच्चै प्रदेश आवश्यक छ कि छैन निर्कौल गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले प्रदेशको आवश्यकता नेपाल जस्तो भौगोलिक विकटता भएको देशमा अत्याधिक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका पुर्व मन्त्री डोवाटे बि.क. व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, म्याग्दे गाउँपालिकाका प्रमुख श्रीप्रसाद श्रेष्ठ, व्यास नगरपालिकाकी उपप्रमुख ईन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, नेकपा एसका पोलिटव्यरो सदस्य पिएल् श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, नेकपा एमालेका जिल्ला उपाध्यक्ष हरिराज कडेंल, नेकपा माओवादी केन्द्र तनहूँका रामचन्द्र सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापती बिकास सिग्देल, तनहूँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र श्रेष्ठ लगायतका महानुभावले संविधान दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै संविधान संसोधन गर्न सकिने भएकोले पहिला लेखिएको संविधान कार्यान्वयनमा जोढ दिनुपर्ने बताउनुभएको थियो ।
जिल्ला समन्वय समिति तनहूँका प्रमुख शान्तिरमण वाग्लेको सभापतित्वमा भएको कार्यक्रम प्रमुख अतिथि डा. वाग्ले र अतिथिहरुले सम्युक्त रुपमा झण्डोत्तोलनपछि संविधानको पालना र सम्मान सबै नागरिकको दायित्व , संविधान दिवस २०८० भव्य रुपमा मनाऔं लगायतका नारा लेखिएका प्लेकार्ड बोकि प्रभातफेरि पश्चात जिल्ला समन्वय समितिको सभाहलमा अन्तर्क्रिया कार्यक्रम संचालन भएको थियो ।








