संविधान दिवसको अवसरमा रोट्रयाक्ट क्लब अफ दमौलीद्धारा दिप प्रज्वलन

  • ख-
  • ख+

३ असोज । तनहूँ । रोट्रयाक्ट क्लब अफ दमौलीले संविधान दिवस २०८० को अवसरमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । दमौलीको अनसन चौतारीमा गरिएको कार्यक्रममा नेपालको नक्सा लेपन सहित दिप प्रज्वलन गरिएको थियो । क्लबका पुर्व पुर्ब अध्यक्ष शिखर लाल डोटेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो ।
नेपालको संविधानले सबैको हक र अधिकार सुनिश्चित र संरक्षण गरेकोले प्रत्येक बर्ष हर्षोल्लासका साथ संविधान दिवस दिप प्रज्वलन गरि मनाईएको क्लबका अध्यक्ष अनुज बिमलीले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्