भारतिय कलाकार अनिल कपूरको आवाज र तस्विर बिना अनुमति प्रयोग गर्न प्रतिबन्ध

  • ख-
  • ख+

काठमाडौं । दिल्ली उच्च अदालतले अभिनेता अनिल कपुरको नाम, तस्विर र आवाजलाई उनको अनुमति बिना व्यावसायिक रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।

दिल्ली उच्च अदालतले बुधबार आफ्नो अन्तरिम आदेशमा सामाजिक सञ्जाल च्यानलहरू, ई(कमर्स वेबसाइटहरू र अन्यलाई बलिउड अभिनेताको प्रचार अधिकार उल्लङ्घन गर्न प्रतिबन्ध लगाएको छ।

बीबीसीकी सहयोगी पत्रकार सुचित्रा मोहन्तीले यो आदेशको प्रतिलिपि हेरेकी छिन् ।

कपूरले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर धेरै व्यक्ति र धेरै सोशल मिडिया च्यानलहरूले उनको आवाज र तस्विर प्रयोग गरेर उनको छविलाई कलंकित गरिरहेको आरोप लगाए।

बुधवार अनिल कपूरको तर्फबाट अधिवक्ता प्रवीण आनन्द अदालतमा उपस्थित भएका थिए। उनले अदालतमा कपूरको तस्विर र ‘झकास’ संवादलाई उनको सहमतिबिना प्रयोग नगर्न अदालतबाट आदेशको लागि अपिल गरिरहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्