करेन्ट लागेर व्यास ११ मुलपानीका विरबहादुर तामाङको मृत्यु

  • ख-
  • ख+

५ असोज । तनहूँ । करेन्ट लागेर व्यास नगरपालिका ११ मुलपानीका विरबहादुर तामाङको मृत्यु भएको छ । दिउसो करिब साढे २ बजेको समयमा आफ्नै घरको बिजुलीको तार मिलाउने क्रममा करेन्ट लागी घाईते भएको तामाङको मृत्यु भएको हो । घाईते भएपश्चात निजलाई उपचारको लागी तत्काल जिल्ला अस्पताल दमौली ल्याएकोमा तामाङको उपचारको क्रममा करिब ५ः ४० बजेतिरको समयमा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जानकारी दिनुभएको छ । साथै उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाणले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?