६ असोज, तनहूँ । राष्ट्रपति रामचन्द्र पौडेल तनहूँको दमौली निर्माण भएको सभाहल उद्घाटन गर्नुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएपश्चात पहिलोपटक जिल्ला आउनुभएका राष्ट्पति पौडेलले तनहूँ व्यास नगरपालिका वडा नंं ३ विपि वाटिकामा निर्माण भएको सभाहल उद्द्धाटन गर्दै आफुले जनप्रतिनिधिहरुले बनाएको संविधानको रक्षा गर्नुपर्ने भएको बताउनुभएको थियो । २३ करोड ६२ लाख ४३ हजार ३३१ रुपैयाँ लागतमा निर्माण भएको सभाहलको उद्द्धाटन गर्दै उहाँले सरकारलाई विकासका मुद्दाबारे सचेत गराउने पनि बताउनुभएको थियो ।

कार्यक्रममा शहरी विकासमन्त्री सीता गुरुङ, गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, तनहूँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले, तनहूँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारी ,काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल, राष्ट्रिय सभा सदस्यद्धय प्रकाश पन्थ , भगवति न्यौपाने लगायतका महानुभावहरुको सहभागीता रहेका थियो ।

चारतले भवनको भुइँतलामा पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष रहेको सभाहल डाँफे एमए प्रतिष्ठा जेभीले निर्माण कम्पनीले निर्माण गरेको हो । करिब ७५० सिट क्ष्मता भएको उक्त हल गण्डकी प्रदेशकै ठूलो मानिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 28 Viewed

प्रतिक्रिया दिनुहोस्