डा. स्वर्णिम वाग्लेद्धारा दमौली अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

  • ख-
  • ख+

११ असोज । तनहूँ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहूँ क्षेत्र नं. १ का सांसद डा. स्वर्णिम वाग्लेद्धारा दमौली अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ । आज एक कार्यक्रमबिच काठमाण्डौबाट आउनुभएका रास्वपाका नेताद्धय र सांसद डा. स्वर्णिम वाग्लेका तनहूँ सचिवालयका सदस्यहरुद्धारा सम्युक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । उक्त सामाग्री रास्वपाका नेता ई. श्रीराम न्यौपाने, रास्वपाका सल्लाहकार डा. इं. सरोज अधिकारी, रास्वपा तनहूँका नेता विश्व बास्तोला, सूर्यमणी पौडेल , पदमराज न्यौपाने, चुडामणी दाहालले हस्तान्तरण गर्नुभएको हो ।
बिशेषत डेगीं सक्रमित बिरामीको चेकजाँचमा प्रयोग हुने सिबिसि हेर्ने केमिकल बुझ्दै दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले रास्वपा र माननिय डाक्टर स्वर्णिम वाग्लेले अस्पतालप्रति देखाउनुभएको सद्भावले नै अस्पतालको गुणस्तर सुधारमा सहयोग पुग्ने बताउनुभएको थियो । डा. वाग्लेद्धारा प्रदान गरिएको केमिकल बिरामीको डब्लुविसि लगायतका चेकजाँचमा प्रयोग हुने अस्पताल प्रमुख डाक्टर परिवर्तन बरालले बताउनुभएको थियो ।

यसभन्दा अगाडि पनि माननिय सांसद डा. वाग्लेले दमौली अस्पताललाई डेगीं चेकजाँचमा प्रयोग हुने ५ सय थान डेगीं परिक्षण किट प्रदान गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?