क्रिसमसमा शाहरूखको डंकी र प्रभासको सलारको भिडन्त

  • ख-
  • ख+

भारतीय बक्स अफिसमा फिल्महरू जुध्नु सामान्य हो। तर बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने सम्भावना रहेका दुई ठूला फिल्म जुध्नु फिल्म उद्योगमा राम्रो मानिँदैन।

२२ डिसेम्बरमा भने दुई ठूला फिल्म भिड्ने भएका छन्। बलिउड अभिनेता शाहरूख खानको फिल्म डंकी र दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म सलार एकसाथ प्रदर्शन हुने भएको छ।

शुक्रबारसलार को निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्। सार्वजनिक पोस्टरमा प्रभासलाई मात्र प्रस्तुत गरिएको छ।

निर्देशक राजकुमार हिरानीले डंकी निर्माण घोषणा गर्दै फिल्मको प्रदर्शन मिति तय गरेका थिए। केही दिनअघि अभिनेता शाहरूख खानले ट्वीटरमार्फत फिल्मको प्रदर्शन मिति नसार्ने बताएका छन्।

प्रशान्त निल निर्देशित फिल्म सलार प्रदर्शन हुने भएपछि डंकी को कमाइमा असर पर्न सक्ने भारतीय सञ्चारमाध्यममा उल्लेख छ। यसअघि पनि प्रशान्त निल र शाहरूख खानको फिल्म बक्स अफिसमा एकसाथ प्रदर्शन भएका थिए। सन् २०१८ सालमा प्रशान्त निलको केजिएफ र शाहरूख खानको जिरो प्रदर्शन भएका थिए। त्यतिबेला जिरो फ्लप भएको थियो भने केजिएफ सुपरहिट भएको थियो।

प्रशान्त निल निर्देशित फिल्म सलार मा प्रभास र श्रुति हसनको मुख्य भूमिका छ।

राजकुमार हिरानी निर्देशित फिल्म डंकी मा शाहरूख खान र तापसी पन्नुको मुख्य भूमिका छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्