अबैध लागू औषध सहित आँबुखैरेनीमा मुखिया पक्राउ

  • ख-
  • ख+

१२ असोज । तनहूँ । अबैध लागू औषध सहित पर्सा छिपहरमाई गाउँपालिका २ जयमंगलपुरका २८ बर्षिय सुखलाल मुखिया पक्राउ पर्नुभएको छ । १२ गते बिहान तनहूँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनीटार पुलजिप स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अबैध लागु औषध नाइट्राभेट २९ पत्ता (४३५ट्याब्लेट) सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।
बिरगञ्जबाट पोखरा तर्फ जान आउदै गरेको ग १ ख ००८९ बस रोकी चेकजाँच गर्दा बसमा सुखलाल मुखियाले साथमा लुकाई लिएको अबैध लागु औषध फेला पारी बरामद निज सुखलाल मुखियालाई पक्राउ गरीएको र आजै सम्मानित तनहूँ जिल्ला अदालतबाट दिन ७ ९सात० को म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?