अभिनेता अनमोल केसी प्रहरी नियन्त्रणमा

  • ख-
  • ख+

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ पर्नुभएको छ । अपराधिक छलकपट गरेको आरोपमा केसीलाई भक्तपुरको साँगाबाट प्रहरीले पक्राउ गरेको स्रोतले बतायो ।

केसीले ‘रावायण’ फिल्मका लागि दस लाख एड्भान्स लिएर साइन गर्नुभएको थियो। तर, उहाँले साइन गर्दै नगरेको, फिल्ममा सम्झौता नै नभएको भनेर हिँड्दै आएपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असोज ८ गते उजुरी दिनुभएको थियो ।

त्यही उजुरीका आधारमा अभिनेता केसी पक्राउ पर्नुभएको हो । केसीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सम्झौता गर्नुभएको थियो । तर ‘रावायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माता कटुवालले उजुरी दिनुभएको थियो । त्यही उजुरीका आधारमा केसी पक्राउ पर्नुभएको हो ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्