बिदाको दिन चलाएको भन्दै सरकारी गाडी विप्लवको युवा संगठनको नियन्त्रणमा

  • ख-
  • ख+

१३ असोज, गोरखा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले गोरखामा चारवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ ।

सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेकोले गोरखा नगरपालिका चोक आसपासबाट दुई वटा मोटरसाइकल र दुई चारपांग्रे गाडी नियन्त्रणमा लिइएको संगठनका नेता रन गुरुङले बताउनुभयो ।

जिल्ला समन्वय समितिको बा२झ २८९ र बागतमी प्रदेश बीएबी९१९८ नम्वरको गाडीसहित कुन्दुरटार पालुङटार सिंचाइ आयोजनाको गण्डकी प्रदेश एएए ४७२६ नम्वरको मोटरसाइकल र पूर्वाधार कार्यालयको प्रदेश ३०२ ००१ब३६४० मोटरसाइलक नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएको सवारी जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो । सार्वजनिक बिदाका दिन सरकारी गाडीको दुरुपयोग हुने क्रम बढेको भन्दै निगरानी बढाइएको संगठनले जनाएको छ ।

गोरखा नगरपालिकाबाट शुरु भएको अभियान अब पालिकासम्म पुर्‍याउने संगठनका जिल्ला इन्चार्ज राजकुमार गुरुङले जानकारी दिनुभयो ।
उक्त गाडीहरु कार्यालय परिसरभित्र राखिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज वेदनाथ भण्डारीले बताउनुभयो । ‘प्रशासन कार्यालयबाट पास लिएको हो कि होइन हामीले बुझ्दै छौ,’ उहाँले भन्नुभयो, ‘पास नभएकालाई हामी नियम अनुसार कारबाही गर्छौं ।’

(साभारः अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?