पोखरीमा भेटियो करिब २० बर्षिय युवकको शव

  • ख-
  • ख+

१३ असोज, जनकपुरधाम । सप्तरीको खडक नगरपालिका–११ बनौलीको एक पोखरीमा युवकको शव भेटिएको छ । अन्दाजी २० वर्षका युवकको शव बोराभित्र भेटिएको प्रहरीले जनाएको छ ।

कृष्ण अष्टमीको दिन मेला हेर्न घरबाट हिँडेका स्थानीय २० वर्षीय मोहम्मद अजिम घर फर्कनुभएको छैन । उहाँको परिवारजनको अनुरोधमा प्रहरीले खोजतलास गर्दै आएको थियो । तर फेला नपरेपछि प्रहरीले हत्या आशंकामा स्थानीय तीनवटा पोखरीमा खोजी गरेको थियो ।

शनिबार बिहानै घर नजिकको पोखरीमा शव हुन सक्ने भन्ने आशंकामा जाल फालेर खोजबिन गर्दा एउटा पोखरीमा दुईवटा बोरामा शव भेटिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुईवटा प्लास्टिकको बोराभित्र सडेगलेको अवस्थामा भेटिएको हो । ‘एउटा कम्बलसहित टाउकोको भाग र शरीरको भाग भेटिएको छ । सडेगलेकाले हराएकै युवकको हुन भनेर कन्फर्म भन्न सकिने अवस्था छैन’, डीएसपी न्यौपानेले भन्नुभयो ।
शवलाई पोस्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।पोस्टमार्टमपछि मात्र शवको सनाखत हुन सक्ने डीएसपी न्यौपानेले बताउनुभयो । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ । साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?