व्यास ३ को वडा कार्यालय निमचोकमा सर्यो

  • ख-
  • ख+

१४ असोज । तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नं ३ कार्यालय निमचोकमा सरेको छ । नगरपालिकको पुरानो भवनमा रहदै आएको वडा कार्यालय निमचोक स्थित मैनादेवि अधिकारीको घरमा सरेको छ । नगरपालिकाले पुरानो भवन भत्काएर नयाँ बहूउद्देश्यीय भवन निर्माण गर्ने भएपछि निमचोकमा रहेको अधिकारीको घरमा लिएर सरेको हो । मासिक २५ हजार भाडामा लिएर उक्त घरको पहिलो तल्लामा वडा कार्यालय सरेको वडा अध्यक्ष अनुप रानाले जानकारी दिनुभयो । वडा कार्यालय भवन निर्माणको लागि व्यास ३ स्थित देउरालीनगरमा जग्गा पाएको र तत्कालको लागि भाडामा लिएर कार्यालय सारिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ,“बिसघरे जाने बाटोमा हामीले जग्गा पाएका छौं, निर्माण सम्पन्न नभएसम्मको लागि भाडामा लिएर वडा कार्यालय संचालन गरेका छौं ।
वडा नं. ३ ले कार्यालय संचालनको लागि २०७४ साल देखिनै भवनको समस्या झेल्दै आएको छ । २०७४ सालमा भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रमा रहेको भवनबाट सेवा प्रदान गदै आएको उक्त कार्यालय पछि नगरपालिकाको पुरानो भवनमा सरेको थियो । अहिले उक्त भवन भत्काउने भएपछि निमचोकमा सरेको हो ।

नयाँ कार्यालयमा कर्मचारीहरुको साथमा वडा अध्यक्ष अनुप राना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?