गोरखामा कात्तिक १ गते लिगलिगे दौड हुने

  • ख-
  • ख+

दौडिएर राजा हुने इतिहासलाई जीवन्त राख्न यसपालि पनि गोरखामा लिगलिगे दौड हुने भएको छ।

कोरोना महामारीका कारण तीन वर्षदेखि रोकिएको दौड यसपालि कात्तिक १ गते गर्न लागिएको हो।

लिगलिगकोट विकास अभियानले लामो समयदेखि दौड आयोजना गर्दै आएको छ। यसपालि ११ औं संस्करणको दौड गर्न लागिएको हो।

पालुङटार नगरपालिका वडा नम्बर ५ चेपेघाटदेखि लिगलिगकोटसम्म करिब १३ किमी दौड हुने गर्छ। खुला, स्थानीय बासिन्दा र विद्यार्थीका लागि छुट्टाछुट्टै स्थानबाट दौड हुनेछ।

खुलामा स्वदेशी र विदेशी धावकले भाग लिन पाउनेछन्। पहिलो हुनेलाई एक लाख, दोस्रोलाई ५० हजार, तेस्रोलाई २५ हजार रुपैयाँ पुरस्कार दिइने पनि आयोजकले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?