कोभिड-१९ विरूद्धको खोप प्रविधिमा अनुसन्धान गर्ने दुई जनालाई चिकित्सा विज्ञानमा नोबेल पुरस्कार प्रदान

  • ख-
  • ख+

यसपालिको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार कोभिड-१९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई जना वैज्ञानिकले पाउनुभएको छ ।

नोबेल पुरस्कार समितिले सोमबार वैज्ञानिकहरू क्याटलिन कारिको र ड्रयु वेसम्यानलाई मेसेन्जर आरएनए भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

सन् १९५५ मा हंगेरीमा जन्मिनुभएकी कारिको अहिले हंगेरीको जेगेड युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियामा आवद्ध हुनुनहुन्छ ।
१९५९ मा अमेरिका जन्मिएका वेसम्यान पनि अहिले युनिभर्सिटी अफ पेन्सिलभेनियामै आवद्ध हुनुहुन्छ ।
सन् २०१९ को अन्त्यबाट संसारभरि कोभिड महामारी सुरू भएको थियो। कुनै खोप र उपचार नभएको कोभिड-१९ ले संसारका झन्डै ७० लाख मानिसको मृत्यु भएको छ।

केही समयपछि वैज्ञानिकहरूले कोभिडविरूद्ध विभिन्न किसिमका खोप बनाएका थिए। त्यसमध्ये फाइजर, मोडेर्नाजस्ता खोपमा मेसेन्जर आरएनए प्रविधि प्रयोग गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?