लमजुगंको मर्स्याङदी गाउँपालिकाद्धारा जेष्ठ नागरिकहरुलाई नि: शुल्क एम्वुलेन्स सेवा

  • ख-
  • ख+

१५ असोज । बेसीशहर । लमजुङको मर्स्याङदी गाउँपालिकाले पालिका अन्तर्गतका जेष्ठ नागरिकहरुलाई नि: शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाले विभिन्न समस्या भएर स्वास्थ्य उपचारका निम्ती आवश्यक परेका खण्डमा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई निशुल्क एम्वुलेन्सको व्यवस्थापन गर्ने भएको हो ।

गाउँपालिकाको यसअघि भएको गाउँ सभाबाट निति तथा कार्यक्रमबाटनै जेष्ठ नागरिकहरुलाई स्वास्थ्य उपोचारका लागि निशुल्क एम्बुलेन्स व्यवस्थापन गर्ने निर्णय पारित भएको थियो । सोहि निर्णयलाई कार्यन्वयनमा ल्याईएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई स्वास्थ्यमा समस्या भएर उपचारका निम्ती जिल्ला अस्पतालसम्म पुग्नुपर्ने भएमा वा जिल्ला अस्पतालबाट फर्कनु पर्ने भएमा गाउँपालिकाको आफ्नै एम्बुलेन्स मार्फत निशुल्क सेवा दिने भएको हो । जिल्ला अस्पताल भन्दा बाहिर जानु परेमा भने सो सेवा उपलब्ध गराउन नसकिने गाउँपालिकाले जनाएको छ ।

मर्स्याङदी गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि निः शुल्क एम्बुलेन्स सेवा सँगै समय अनुकुल मिलाएर धार्मिक स्थलहरुको भ्रमण गराउने पनि योजना बनाएको छ । पालिका भरिका जेष्ठ नागरिकहरुलाई समुह बनाएर विभिन्न चरणमा विभिन्न धार्मिक स्थलहरुको धार्मिक भ्रमण गराउने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

सो बाहेक गाउँपालिकाले जेष्ठ नागरिकहरुको नि: शुल्क स्वास्थ्य परिक्षण पनि गर्ने जनाएको छ । विभिन्न वडा स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरुलाई गाउँ टोलमा खटाएर जेष्ठ नागरिकहरुको नियमित निः शुल्क स्वास्थ्य परिक्षण गरीने गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ ।

गाउँपालिकाले यसअघि देखिनै जेष्ठ नागरिक मध्ये ६० वर्ष माथिका एकल पुरुषहरुलाई नियमित भत्ता रकम पनि उपलब्ध गराउदै आएको जनाएको छ ।
(मर्स्याङदी समाचार)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्