जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँ गण्डकी प्रदेशमा प्रथम

  • ख-
  • ख+

(ईन्सेटमा बिरामीको चेकजाँच गर्दै तत्कालिन प्रमुख डा. रामप्रवोध मण्डल)

तनहूँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँ गण्डकी प्रदेशमा प्रथम हुन सफल भएको छ । आर्थिक बर्ष गण्डकी प्रदेश स्तरिय बार्षिक समिक्षामा आर्थिक बर्ष २०७९। ०८० मा तनहूँको दमौलीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँ प्रदेशका ११ जिल्ला मध्येमा उत्कृष्ट कार्य गर्दै प्रथम हुन सफल भएको हो । उक्त आर्थिक बर्षमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँले अकुपंचर उपचार पद्धति, थेरापी, पायल्स् तथा फिस्टुलाको उपचारमा उल्लेखनिय कार्यहरु गरेको थियो ।
हामीले थोरै जनशक्तिबाट पनि सर्वसाधारणको हितलाई ध्यानमा राखेर कामहरु गरेका थियौ त्यसैको प्रतिफल हुनुपर्छ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँ गण्डकी प्रदेशमा प्रथम भएको उक्त समयका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँका प्रमुख डा. रामप्रवोध मण्डलले पुरस्कार ग्रहण पश्चात बताउनुभएको थियो ।
हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्यागंजाका प्रमुख रहनुभएका मण्डलले तनहूँमा रहदाँ आयुर्वेद उपचार पद्दति प्रति सर्वसाधारणको विश्वास जगाउन सफल हुनुका साथै बिरामीहरुसगको घुलमिलका कारण जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँ बिरामीहरुमाझ बिश्वसनिय बन्दै गईरहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्