नर्सिङ लाइसेन्सको परीक्षा ९ मंसिरमा

  • ख-
  • ख+

१८ असोज, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा आगामी ९ मंसिरमा सञ्चालन गर्ने भएको छ ।

परिषद्को अनुसार परीक्षार्थीले नर्सिङ लाइसेन्स परीक्षाको लागि नियमित दस्तुरमा २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्ने छ । दोब्बर दस्तुरमा २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाइने छ ।
परिषद्ले परीक्षार्थी आफैंले अनलाइन फारम भर्नुपर्ने र परीक्षा फारम भर्दा परीक्षार्थीको आफ्नै इमेल र मोबाइल नम्बर प्रयोग गर्नुपर्ने जनाएको छ । परिषद्को सूचना अनुसार १५ असोज २०७७ देखि नेपाल बाहिर अध्ययन गर्ने परीक्षार्थीले चिकित्सा शिक्षा आयोगको इलिजिबिलिटी लेटर अनिवार्य रुपमा अपलोड गर्नुपर्नेछ ।

परीक्षा फारम दस्तुर नियमित तर्फ तीन हजार १०० रहेको छ । लाइसेन्स परीक्षाको लिखित परीक्षामा १५० प्रश्नहरु सोधिनेछ । १५० पूर्णाङ्कको परीक्षामा परीक्षार्थीले ५० प्रतिशत अङ्क ल्याउनुपर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्