रास्वपाको उर्जा अध्ययन कार्यदल संयोजकमा उर्जा विज्ञ एवं वरिष्ठ ईन्जिनियर श्रीराम न्यौपाने चयन

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय स्वतन्त्र पार्टीको उर्जा सम्बन्धि अध्ययन कार्यदलको संयोजकमा तनहूँका उर्जा विज्ञ एवं वरिष्ठ ईन्जिनियर श्रीराम न्यौपाने मनोनति हुनुभएको छ । रास्वपाको असोज १९ गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको निर्णय बमोजिम उर्जा विज्ञ एवं वरिष्ठ ईन्जिनयिर न्यौपानेलाई चयन गरिएको हो ।
रास्वपाका महामन्त्री डा. मुकुल ढकालद्धारा जारी मनोनयन पत्रमा नेपालको उर्जाक्षेत्रको आवश्यक अध्ययन गरि पार्टीको तर्फबाट नीति, योजना र मार्गचित्र तयार गरि पार्टीलाई पेश गर्ने कार्यदेशका साथ पार्टीको नीति , सद्धिान्त र लक्ष्य बमोजिम कार्य गर्न आग्रह गरिएको छ ।
भानु नगरपालिका वडा नं. ५ ओकलागंमा जन्मनुभएका उर्जा तथा भुमिगत संरचना विज्ञ वरिष्ठ ई. न्यौपाने विभिन्न जलविद्युत आयोजना प्रमुख, नागढुगां सुरुगंमार्ग निर्माण आयोजनाको सवकनबाट आयोजना निर्देशक हुनुका साथै नेपालका विभिन्न ईन्जिनियरिगं कलेजका संस्थापक तथा प्राध्यापक हुनुहुन्छ ।
त्यसैगरि रास्वपाले उक्त कार्यदलमा तनहूँका अर्का उर्जा विज्ञ वरिष्ठ ईन्जिनियर एवं डाक्टर सरोज अधिकारीलाई चयन गरेको छ ।
वरिष्ठ ईन्जिनियर श्रीराम न्यौपाने संयोजक भएको उक्त कार्यदलमा नेपाल सरकारका पूर्व सचिव एवं उर्जा विज्ञ वरिष्ठ ईन्जिनियर देवेन्द्र कार्की सदस्यको रुपमा मनोनति हुनुभएको छ ।
नेपालको उर्जा तथा जलश्रोृतक्षेत्रमा रहेको विद्यमान ऐन, कानुन, नीति नियम लगायतका विषयमा अध्ययन, अनुसन्धान र बिष्लेषण गरि आवश्यकता अनुसार सरोकारवाला पक्ष्क्षबाट राय, सुझाव र प्रतिक्रिया संकलन गरि रास्वपाको उर्जा नीति, कार्ययोजना र मार्गचित्र तयार पारि केन्द्रीय समितिमा पेश गर्न उक्त कार्यदललाई ३ महिनाको समय प्रदान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?