३ दिनदेखि बेपत्ता महिलाको शब आफ्नै घरभित्र भकारीमा भेटियो

  • ख-
  • ख+

२० असोज, दाङ । सल्यानमा तीन दिनदेखि बेपत्ता महिलाको शव आफ्नै घरमा फेला परेको छ ।

सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका बिहीबार आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

असोज १५ गते बेलुकादेखि घरबाट हराउनुभएकी रोका तीनदिनसम्म पनि फेला पर्नुभएको थिएन । त्यसपछि गाउँले र आफन्तले उहाँको खोजी गर्नुभएको थियो ।

बिहीबार भने घरभित्रबाट शवको गन्ध आएपछि खोज्न जादा खाद्यन्य राख्ने भकारीभित्र उहाँको शव फेला परेको प्रहरी कार्यालय सल्यानको प्रहरी निरिक्षक तथा प्रवक्ता गोपाल श्रेष्ठले बताउनुभयो ।
साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?