टिपरको ठक्करबाट मोटरसाइकल सवार रामशरण थापा मगरको मृत्यु

  • ख-
  • ख+

२० असोज । काठमाण्डौ । भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

मध्यराति १२ः १७ बजे सूर्यविनायक नगरपालिका-५ श्रृजनानगर चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

भक्तपुरबाट काठमाडौं जाँदै गरेको नम्बर नखुलेको टिपरले सोही दिशामा जाँदै गरेको बा। ९७ प. २९५० नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए।

सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका-८ घर भई हाल काठमाडौं काँडाघारी बस्ने मोटरसाइकल चालक वर्षीय १८ को शिव आलेमगर र मोटरसाइकलमा सवार सूर्यविनायक नगरपालिका-८ दार्जिलिङ हाइट बस्ने २३ वर्षीय रामशरण थापामगर घाइते भएका थिए।

उनीहरूको उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएको थियो। चालक शिव आलेमगरको उपचार भइरहेको छ।

मोटरसाइकलमा सवार रामशरण थापामगरलाई थप उपचारको लागि शनिबार राति १:५५ बजे नर्भिक अस्पताल काठमाडौंमा रिफर गरिएको थियो।

त्यहाँ उपचारको क्रममा सवा २ बजे मृत्यु भएको डिएसपी पाठकले बताए।

घटनाको प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ। फरार भएको टिपरको खोजी भइरहेको प्रहरीले जनाएको छ।
साभारः सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?