दशै तिहारमा बाटो सरसफाईका लागि भानुले छु्ट्यायो २६ लाख: रकमको दुरुपयोग भईरहेको नेकपा एमालेका नेताको आरोप

  • ख-
  • ख+

२२ असोज । तनहूँ । तनहूँको भानु नगरपालिकाले दशैमा बाटो सरसफाईका लागि २६ लाख रुपैया बजेट छुट्याएको छ । चाडपर्वहरुमा बाटोघाटो सरसफाइका लागि २६ लाख रुपैया रकम छुट्याईएको उक्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभएको छ ।
चाडपर्वमा बाटोहरु सरसफाई राख्ने चलन भएकोले भानु नगरपालिकाका १३ वटा वडालाई बाटो सरसफाईको लागि २ लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत दिवाकर पौडेलको भनाई रहेको छ ।
नगरपालिकाको आफ्नै डोजर भएको र कार्यविधि नै बनाएर प्रतिघण्टा हजार रुपैयाका दरले दिने निर्णय भएकोले कुन वडाले कति घण्टा प्रयोग गर्छ त्यहि अनुसारमा रकम कट्टा गरेर बाँकि रकम उपलब्ध गराईनेछ र सरसफाईको लागि सिलिगंभित्र रहेर वडाले पनि बजेट पनि छुट्याएको प्रमुख प्रशासकिय अधिकृत पौडेलको जानकारी दिनुभएको छ ।
पछिल्लो समय भानु नगरपालिकाका विभिन्न स्थानका बाटोहरु सामान्य मर्मत नहँदा सर्वसाधारणलाई सास्ति भएको, खेतिपाति भित्र्याउने समयमा बाटोहरु बिग्रदाँ मर्मत नगरि चाडवाडको निहँपारि बाटो मर्मत गर्ने नाउँमा बहुमतको आँडले हालका जनप्रतिनिधिले कार्यकर्ता पोस्ने काम गरेको हालसालै निर्वाचित नेकपा एमालेका गण्डकी प्रदेश सदस्य एवं भानु नगर कमितिका पुर्व प्रमुख प्रेम रानाले बताउनुभएको छ ।
चाडपर्वको समयमा बाटोघाटो सरसफाईका नाममा बजेटको दुरुपयोग र अनियमितता हुने प्रवल सम्भावना रहेको छ नि भनेर प्रश्न गर्दा अहिले त नगरपालिकाको आफ्नै डोजर छ कति घण्टा चल्यो हिसाब त्यहि आउछ , ईन्धनको लागि नगरपालिकाले पेट्रोल पम्पमा कुपन दिएर पठाउने गरिन्छ त्यस्तो भएको कारणले सरसफाईलाई उपलब्ध गराईएको रकमममा अनियमितता हुने सम्भावना अत्यन्त कम रहने प्रमुख प्रशासकिय अधिकृत दिवाकर पौडेलको दावि छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?