एक सिंगे गैँडा मृत भेटियो, चितवन निकुञ्जमा साउनयता पाँच वटा मरे

  • ख-
  • ख+

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार प्राकृतिक कारणले गैँडाको मृत्यु भएको हो । निकुञ्जको खोरियामुहान पोष्ट नजिक भेल्लर घारीमा एक आपसमा जुधेर मृत्यु भएको पाइएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

सुरक्षाको लागि गस्ती गर्दा टोलीले फेला पारेको थियो । मृत गैँडा २५ वर्षको पोथी रहेको छ । आइतबार मरेको गैँडाको विवरण कार्यालयले बुधबार मात्रै जानकारी दिएको हो ।
चालू आर्थिक वर्षमा विभिन्न कारणबाट मर्ने एक सिंगे गैँडाको संख्या ५ वटा पुगेको कार्यालयका सूचना अधिकारी तिवारीले दिए ।

साभार नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्