२७ असोज । तनहूँ । चितुवाको आक्रमणबाट ६ बर्षिय बालिका घाँईते भएकी छिन् । तनहूँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ बरादीमा करिब ७ः ४५ बजेको समयमा घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरि प्रेमराज गौलीको छोरी बर्ष ६ की प्रनिशा गौली घाईते भएकी हुन् ।
चितुवाले आक्रमण गरी घरदेखि करिब १० मिटर लगेको अवस्थामा निजकै वुवाले थाहा पाई तत्काल उद्धार गरी गौलीलाई स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र सत्रसयमा प्राथमिक उपचारका लागि लगिएको थियो । प्राथमिक उपचार पश्चात निजलाई थप उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ । साथै घटनाको बारेमा थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभएको छ ।








