बन्दिपुर गाउँपालिका ६ मा आँखा जाँच शिविर सम्पन्न

  • ख-
  • ख+

तनहूँ । बन्दीपुर गाउँपालिकाको आयोजनामा वडा नं ६ स्थित ग्याजाटर र बाग्थलमा जेष्ठ नागरिकहरुलाई घर घरमा बिशेषज्ञ सेवा सहित आँखाको जाँच एवम् औषधि सहितको बिशेष स्वास्थ्य सेवा प्रदान गरिएको छ।

९३ जना सहभागी रहेको स्वास्थ्य शिविरमा ४ जनामा मोतिबिन्दु बिरामी देखिएकोले मंसिर ५ गते बन्दीपुर अस्पतालमा हुने आँखा शिविरमा उपचार गरिने भएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष पंचमाया गुरुङ, जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी, बन्दीपुर अस्पतालका चिकित्सक, प्राविधिक लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्