सर्वज्योतिमा प्रकाशित समाचार बारे दमौली अस्पतालका अध्यक्ष देवेन्द्र थापाको खण्डन

  • ख-
  • ख+

२ कार्तिक । तनहूँ । सर्वज्योति डट कम (sarbajyoti.com) मा भाद्र २७ गते प्रकाशित समाचार http://sarbajyoti.com/?p=16307 र http://sarbajyoti.com/?p=16359 प्रति आपत्ति जनाउदै दमौली अस्पतालका अध्यक्ष देवेन्द्र थापाले खण्डन गर्नुभएको छ ।

अध्यक्ष थापाको खण्डन विज्ञप्तिः

२०८० असोज, १०
श्री सम्पादकज्यू,

विषयः-भ्रामक समाचारको खण्डन गरिएको बारे ।
कमिशन गुम्ने डरले निः शुल्क पाइने स्वास्थ्य सामाग्री लिन दमौली अस्पतालका अध्यक्षद्धारा अस्विकार गरेको आशंका शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सर्वज्योति डट कम नामक अनलाइन पोर्टलमा मिति २०८० साल भाद्र २७ गते प्रकाशित समाचारको वास्तविकता सरोकार जनसमुदाय र सरोकार सबैका लागि उजागर गर्न आवश्यक छ। यही आवश्यकताअनुसार म प्रस्तुत समाचारका विषयमा वास्तविकता प्रस्तुत गर्न चाहन्छु
दमौली अस्पताल गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मातहत रहेको छ। यस अस्पताल १५ शैया सरकारबाट स्वीकृत भएपनि अस्पतालको आन्तरिक स्रोतबाट ५० शैया सञ्चालित छ । दिनप्रतिदिन अस्पतालम बिरामीको चाप बढदै जादा अस्पताललाई बिरामीको चाप अनुसार कम शैयाको अस्पताल भएको हुदाँ चाहे जस्तो सेवा दिन कठिनाई भई रहेको छ । दमौली अस्पताल व्यवस्थापन समितिले बारम्बार प्रदेश सरकारलाई अस्पताल स्तरोन्नतिको लागि पहल गर्दै आइरहेको छ । यसै क्रममा बिरामीको अत्याधिक चापको कारण भएको डेंगी परीक्षण गर्ने किट अस्पतालमा कम रहेको कारण अस्पताल व्यवस्थापन समितिले तत्काल किट उपलब्ध गराउन गण्डकी प्रदेश सरकार समक्ष पहल गरिरहेको थियो । दमौलमा अस्पताललाई प्रदेश सरकारले डेंगीको बिरामी बढेको र दमौली अस्पताललाई किट तत्काल उपलब्ध गराएको थियो । हाल गण्डकी प्रदेश सरकारले आबश्यकता अनुसार किट उपलब्ध गराउदै आइरहेको छ। अस्पतालमा सहयोग स्वरुप प्राप्त हुने कुनै पनि सामाग्री अस्पतालको अध्यक्षको रुपमा मैले अस्पतालको अध्यक्षको जिम्मेवारी लिए देखिनै अस्पतालका मेडिकल सुपरिटेण्डेन्टले बुझने ब्यवस्था गरिएको छ। गण्डकी प्रदेश सरकारसँग डेंगी परिक्षण किट उपलब्ध गराउन चाहानु भएको जिल्ला स्थित डा। स्वर्णिम वाग्लेको सचिवालयले जानकारी गराएको थियो । अस्पतालमा सहयोग स्वरुप प्राप्त हुने स्वास्थ्य सामाग्री अस्पतालका मेडिकल सुपरिटेण्डेन्टलाई बुझाउने गरिने भएकोले माननीय सांसद डा। स्वर्णिम वाग्लेबाट प्राप्त भएको किट दमौली अस्पतालका मेसुले बुझनु भएको हो । अस्पताललाई कसैले स्वास्थ्य सामाग्री प्रदान गर्दा अस्पतालले सधै सहज रुपमा लिदै आएको छ। डेंगी किट प्रदेश संरकारले अस्पताललाई निःशुल्क रुपमा उपलब्ध गराउदै आएको छ र अस्पतालले पनि विरामीलाई निःशुल्क रुपमा परिक्षण गर्दै आइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?