नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु

  • ख-
  • ख+

कैलाली । नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु भएको छ ।

जिल्लाको बर्दगोरिया गाउँपालिका-६ का ६ वर्षीय दिपसन मल्ल र ७ वर्षीय आयुष मल्लको नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले बताएको छ ।

बर्दगोरिया गाउँपालिका- ६ स्थित काँडा नदीमा नुहाउन गएका बेला उनीहरु डुबेका थिए । नदीमा डुबेको अवस्थामा फेला परेका उनीहरूलाई बर्दगोरिया अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याउनुअघि नै उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक वीरबहादुर वि.क.ले जानकारी दिए ।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्