तनहूँ । अरिङ्गालले टोक्दा भानु नगरपालिका वडा नंं ४ फलाखेतका ३२ बर्षिय राजकुमार तामागंको मृत्यु भएको छ । १२ गते राति ११ः २५ को समयमा भानु नगरपालिका वडा नं. ७ रम्गाटार स्थित जंगलमा अरिङगाल पोल्ने क्रममा अरिगांलले टोकेका तामागंको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मत्युु भएको हो । अरिगांलको आक्रमणमा परेका भानु ४ फलाखेतका धन बहादुर तामाङ र बर्ष ३२ को राजकुमार तामाङलाई डुम्रेमा प्राथमिक उपचार पश्चात थप उपचारको लागी चितवन मेडिकल कलेज पठाईएकोृथियो । चितवनमा पठाएकोमा घाईते मध्ये राज कुमार तामाङको १३ गते बिहान ०४ः२० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको र घाईते धन बहादुर तामाङको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ । साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभएको छ ।








