पराशर टोल बिकास संस्थाको अध्यक्षमा आकाश अधिकारी र उपाध्यक्षमा अजित र उर्मिला चयन

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ३ को पराशर टोल बिकास संस्थाको अध्यक्षमा आकाश अधिकारी चयन हुनुभएको छ । शनिवार दमौलीमा भएको अधिवेशनले संंस्थाको उपाध्यक्षमा अजित पन्थ र उर्मिला रानाभाटलाई चयन गरेको छ । त्यसैगरि संस्थाको सचिवमा मदन पौडेल, सहचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा तारा रानाभाट पनि चयन गरेको छ ।
दमौली बजारको मुख्य भागको टोल संस्था भएकोले राम्रो काम गर्नुका साथै टोललाई देशभरकै नमुना टोल बनाउने जिम्मेवारी रहेकोले संस्थाका पदाधिकारहरुले त्यहि अनुरुपमा काम गर्ने पनि संस्थाका नवनिर्वाचित उपाध्यक्ष अजित पन्थले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्