भिमादमा भएको ट्याक्टर दुर्घटनामा मिनबहादुरको मृत्यु

  • ख-
  • ख+

तनहूँ । भिमादमा भएको ट्याक्टर दुर्घटनामा मिनबहादुर सार्कीको मृत्यु भएको छ । २० गते बिहान करिब ७ः४० बजेको समयमा भिमाद नगरपालिका वडा नं. ६ जनज्योती स्कुल तर्फबाट बसपार्क तर्फ जान आउदै गरेको ग १ त ४४४६ नं. को ट्याक्टर दर्घटना हुँदा भिमाद नगरपालिका वडा नं. ६ जलौदीका ३३ बर्षिय मिन बहादुर सार्कीको मृत्यु भएको हो । ट्याक्टरबाट एक्कासी खसेर गई गम्भिर घाइते भएका सार्कीलाई तत्काल उपचारको लागी जि.पी. कोईराला राष्ट्रिय श्वास प्रश्वास केन्द्र बेलचौतारा लगेकोमा उपचारत रहदा तनहुँ पठाएकोमा निजको ऐ।०राति ८ः २५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

घटना पश्चात ट्याक्टर चालकलाई नियन्त्रणमा लिई उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्