लमजुङमा विहान ७ वजेदेखि बेलुका १० वजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने

  • ख-
  • ख+

लमजुङ प्रशासनले तिहारका बेला खेलिने देउसीभैलाका लागि समय निर्धारण गरेको छ । चाडपर्वको समयमा हनुसक्ने संभवित घटना तथा शान्ति, सुरक्षालाई मध्यनजर गर्दै दिपावलीका अवसरमा खेलिने देउसीभैलोका लागि समय सिमा निर्धारण गरेको हो ।

जिल्ला प्रशासन कार्यालयल लमजुङले मंगलवार चाडपर्व लक्षित सुचना सार्वजनिक गर्दै तिहारका बेला देउसी भैलो लगायतका कार्यक्रम विहान सात वजेदेखि बेलुका १० बजेसम्म मात्रै सञ्चालन गर्न सकिने जनाएको छ । देउसीभैलो कार्यक्रम सञ्चालन गर्दा सार्वजनिक यातायात र जनजीवनलाई नकरात्मक असर नपर्ने गरी मर्यादित र अनुशासित रुपमा कार्यक्रम सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको छ ।

देउसी भैलो वाहेक जुवातास खेल्ने तथा खेलाउने, अतिसबाजी, पटका जस्ता कुनै पनि प्रकारका प्रज्वलनशील तथा विस्फोटक पदाथहरुको आयात, ओसारपोसार, विक्री वितरण र प्रयोगमा समेत प्रतिवन्ध लगाएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताउनुभयो ।

त्यसैगरी सुरक्षा समिति लमजुङले दिपावलीको अवसरमा जिल्लाको सुरक्षा व्यवस्थालाई कडाई गरेको जनाएको छ । चाडपर्वको अवसरमा मादक पदार्थ सेवन गरी सर्वाजनिक शान्ति सुरक्षमा असर पर्ने गरी सार्वाजनिक स्थानमा होहल्ला एवं झैझगडा गर्ने जस्ता कार्य नगर्न नगराउन प्रशासनको अनुरोध छ ।
प्रशासनको आग्रहलाई अवज्ञा गरी कानुन विपरित काम गरे गराएको पाइएमा कानुन बमोजिम कारवाही गरिने समेत प्रशासनले चेतावनी दिएको छ ।
साभारः मर्स्याङदी रेडियो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्