नेपालगंजका मिलाप र एफ् जि टि चर्चद्धारा भुकम्पको ईपिसेन्टर रामीडाँडामा भुकम्प पिडितलाई राहत वितरण

  • ख-
  • ख+

नेपालगंज । नेपालगंजमा सक्रिय संस्था मिलाप र एफ् जि टि चर्चद्धारा भुकम्पको ईपिसेन्टर जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडामा भुकम्प पिडितलाई राहत वितरण गरेको छ । ति संस्थाहरुले रानीडाडाँका २ सय घरधुरीलाई सिरक, त्रिपाल र फम वितरण गरेको हो । राहत वितरणमा सहभागी हुनुभएका मिलापका अध्यक्ष रमेशराज रेग्मीका अनुसार उक्त गाउँमा ३ सय घर भएको र भुकम्पले अधिकांश घर बस्न नहुने बनाएको, टाढाबाट हेर्दा सग्ला केहि घरहरु पनि चिराचिरा परेको स्थानियहरुले बताएको रेग्मीको भनाइ रहेको छ ।
उक्त स्थानमा राहतका नाँउमा हिजोसम्म चाउचाउ र बिस्कुट मात्र आईपुगेको भुकम्प पिडितहरुको भनाई रहेको छ र हिजो नै हेलिकप्टरबाट ४ पटक राहत ओसारेर गाउँपालिकामा राखिएकोले उक्त राहत वितरण हुने आशमा भुकम्पपिडितहरु बसेको रेग्मीको भनाई छ ।
उक्त राहत सामाग्री बारेकोट गाउँपालिकाको समन्वयमा मिलापका अध्यक्ष रमेशराज रेग्मी लगायत अन्य महानुभावहरुले वितरण गर्नुभएको थियो ।

उक्त राहत सामग्री जुटाउनका लागि तनहूँको दमौलीका २०४८ सालका एस् . एल् .सि . ब्याचका बिध्यार्थी र अन्य संघसंस्थाहरुको सहयोग रहेको रेमीले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्