कोत्रेमा बिष्फोटक पदार्थ पटाका सहित २२ बर्षिय युवा पक्राउ

  • ख-
  • ख+

तनहूँ । तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नं. २ मा बिष्फोटक पदार्थ पटाका सहित एक व्यक्ती पक्राउ परेका छन् । आज बिहान करिब ४ बजे श्क्ला २ कोत्रे २ कोत्रेमा पृथ्वीराजमार्ग सडक खण्डमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा जनकपुर देखी पोखरातर्फ जाँदै गरेको ना ५ ख ६६२१ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा बिष्फोटक पदार्थ पटाका सहित २२ बर्षिय युवालाई पक्राउ गरेको हो ।
बसको क्याविनमा चालक सिट नजिकै राखिएको चिउरा र ३ वटा चाउचाउको प्याकेटले छोपी लुकाई छिपाई राखेको अबस्थामा ऋइद्यच्ब् ऋचबअपभचक समेत लेखिएको बिष्फोटक पदार्थ पटाका एक सय नब्बे प्याकेट प्रति प्याकेटमा २८ पीसका दरले ,३२० पाँच हजार तीन सय बिस पिस फेला परेको र प्रारम्भिक अनुसन्धान पश्चात जिल्ला महोत्तरी साम्सी गाउँपालिका वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा बस्ने बर्ष २२ को नजाव नदाफलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

उक्त बिष्फोटक पदार्थ रितपुर्वक बरामद गरी नजाव नदाफलाई नियन्त्रणमा लिई निज बिरुद्द बिष्फोटक पदार्थ सम्बन्धि कसुरमा आजै सम्मानित तनहूँ जिल्ला अदालतबाट दिन १० को म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका सूना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्