२४ कार्तिक। तनहूँ । तनहूँको म्याग्देको धयरेमा भएको सवारी दुर्घटनामा म्याग्देकै गंगाबहादुर बरालीको मृत्यु भएको छ । आज साँझ ६ बजेको समयमा म्याग्दे गाउँपालिका वडा नं. ३ धयरेमा पोखराबाट दमौलीतर्फ आउदै गरेको ग १ ख २९४१ नं. को माईक्रोबस र बिपरित दिशाबाट जादै गरेको लु ४६ प ४५५ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ म्याग्दे ७ बाँसस्वाराका ५५ बर्षिय गंगाबहादुर बरालीको मृत्यु भएको हो । दुर्घटना पश्चात दमौली अस्पतालमा उपचारको क्रममा मोटरसाईकलको पछाडि बसेका बरालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।
दुर्घटनामा घाईते मोटरसाईकल चालक विशाल बराली उपचारको क्रममा रहेको र सवारी साधन, सवारी चालक प्रहरी कार्यालयको नियन्त्रणमा हुनुका साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभएको छ ।








