२५ कार्तिक । तनहूँ । अबैध लागू औषध ब्राउन सुगर (खैरो हिरोईन) जस्तो देखिने पदार्थ सहित आँबुखैरेनीमा १ ब्यक्ति पक्राउ परेका छन् । आज बिहान साँढे २ बजेको समयमा तनहूँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा ईलाका प्रहरी कार्यालय आबुखैरेनी र अस्थायी प्रहरी पोष्ट पुलजिप तनहूँबाट खटिएको सयुँक्त प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको (बिरगंज-पोखरा लेखिएको) ग. २ ख.००९८ नं. को यात्रु बाहक बसमा सवार जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं. ९ बस्ने बर्ष १९ को राहुल पासवान अबैध लागू औषध ब्राउन सुगर (खैरो हिरोईन) जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।
निज पासवानले आफुले लगाएको पाइन्टको दाहिने गोजी भित्र पोलिथिनमा लुकाई छिपाई राखेको ब्राउन सुगर (खैरो हिरोईन) जस्तो देखिने पदार्थ २९ ग्राम ७१० मिलीग्राम लागु औषध फेला परेको हुँदा उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ । साथै थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभएको छ ।।








