तनहूँ । जिल्ला प्रहरी कार्यालय तनहँले राति ९ बजेसम्म देउँसी भैलो खेल्न अपिल गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले नेपालीहरुको महान चाड शुभ तिहारको पावन अवसरमा देउँसी भैँलो कार्यक्रममा शान्ति सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी रातको ९ बजेसम्म मात्र संचालन गर्न हुन सम्पुर्ण सम्बन्धित सबै जिल्लाबासिहरुलाई अनुरोध गर्दछौँ भनिएको छ । साथै सूचनामा बिष्फोटक पदार्थ,आतिसवाजी,पटका तथा पटका जन्य पदार्थ समेत ओसार पसार,बिक्रि बितरण,भण्डारण तथा पट्काउने कार्य समेत नगर्न नगराउँन अनुरोध गरिएको छ, साथै यस्ता कार्य गरे गराएमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत सूचनामा जनाईएको छ ।








