तनहूँ । व्यास नगरपालिका वडा नं. १० स्थित मादी नदिको छेउमा रहेको गौशालामा सामुहिक गौ पुजा एबं गोबर्धन पर्बत पुजन सम्पन्न भएको छ । कौडिन्य गोत्रिय सापकोटा समाजले आयोजना गरेको ”गौमाताहरुलाई आहार खुवाउने” तथा ”सामुहिक गाईपुजा कार्यक्रम” मा जिल्ला समन्वय समिति तनहूँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी छवि रिजाल, व्यास नगरपालिकाकी उपप्रमुख ईन्दिरा दरै, जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख एसपि अवदेश बिष्ट, व्यास नगरपालिकाका पुर्व मेयर ताराप्रसाद श्रेष्ठ लगायतका महानुभावहरुको सहभागीता रहेको थियो ।
गौ माताको महिमा र महत्त्व दर्शाउने र हाम्रो हिन्दु सनातन धर्मलाई थप जगेर्ना गर्ने अभिप्रायले संचालन गरिएको सो कार्यक्रमले आगामी बर्ष हरुमा पनि निरंतरता पाउने उक्त क्षेत्रका अगुवा एवं व्यास १० का निवर्तमान् अध्यक्ष तुलसीराम सापकोटाले बताउनुभएको छ ।








