
तनहूँ । तनहूँ दमौलीका शंकरलाल राजभण्डारी अष्ट्रेलियामा सम्मानित हुनुभएको छ । तनहूँ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष राजभण्डारीलाई अस्ट्रेलियाको बहु साँस्कृतिक मन्त्री मार्क क्युरले सम्मान गर्नुभएको हो । पारिवारिक भेटघाटको सिलसिलामा अष्ट्रेलिया भ्रमण गरिरहने राजभण्डारीलाई मन्त्री मार्क क्युरले वरिष्ठ स्वयंसेवक अवार्डले सम्मान गर्नुभएको हो ।
अष्ट्रेलियामा रहदाँ सामाजिक कामहरुमा बढि नै सक्रिय रहि समाजमा सेवा प्रयाए वापत उहाँलाई सम्मान गरिएको हो ।
नेपालमा रहदाँ पनि सामाजिक काममा सक्रिय रहने राजभण्डारीले अष्ट्रेलियामा रहदाँ विभिन्न परोपकारी कामहरुमा सक्रिय रहने गर्नुभएको छ ।