व्यास ४ को विरता टोल बिकास संस्थाद्वारा भुकम्प पिडितलाई आर्थिक सहयोग

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडामा ४ सिमलटारमा रहेको विरता टोल विकास संस्थाले गत कार्तिक १७ गते गएको भुकम्पबाट धनजन गुमाएका पश्चिम नेपालका जाजरकाेट लगायत अन्य ठाउँका भूकम्प पिडितलाई आर्थिक सहयोग गरेको छ । घाँईतेहरुलाई थोरै भनेपनि मलमपट्टी लगाउन उक्त संस्थाले तिहारको अवसरमा देउसी भैलो बाट सङ्कलित रकमबाट १०,०५५ रुपैया ( दस हजार पचपन्न रुपैया सहयोग गरेको हो । साथै यो अभियानले टोल समाजमा सबैलाई प्रेरणा मिलोस साथै सानै रकम भए पनि धेरै जनाको हातेमालोले पिडितलाई केही राहत मिलोस भन्ने उद्देश्य स्वरूप प्रमुख जिल्ला अधिकारी मार्फत सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको संस्थाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?