हेटौंडा । मकवानपुरको मनहरीमा सौतेनी छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।
गत कात्तिक २७ गते मनहरी गाउँपालिका वडा नम्बर–५ डिल्लिपुरमा घरायसी विवादमा स्थानीय डिलबहादुर चेपाङको कान्छी श्रीमती ५० वर्षीया सन्तमाया चेपाङलाई सौतेनी छोरा २६ वर्षीय इन्द्रबहादुर चेपाङले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
सन्तमायाको चितवन सरकारी अस्पताल भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए ।
कुटपिटमा संलग्न इन्द्रबहादुर प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए । साभारः नेपाल प्रेस








