तनहूँ । व्यास नगरपालिका वडा नंं. सेवरमा रहेको श्री सर्वज्योति माध्यमिक विद्यालयको ३९ औ बार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह सोमवार एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरियो । जग्गादाता स्वर्गिय ईश्वरी प्रसाद पौडेलकी धर्मपत्नी सूर्यमाया पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रममा वडा नं. १० का अध्यक्ष तुलसीराम सापकोटा, शिक्षा युवा तथा खेलकुद शाखा व्यास नगरपालिकाका शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मी, वडा सदस्य सूर्यराज मिश्र, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु ईश्वर पौडेल , निर्गबहादुर नेपाली, समाजसेवीहरु हेमराज पोखरेल, कृष्णप्रसाद पौडेल विद्यालयका पूर्व प्रधानाध्यापकहरु, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा कार्यक्रमका विशेष अतिथि वडा नं. १० का अध्यक्ष तुलसीराम सापकोटाले सामुदायिक विद्यालयहरुलाई विद्यार्थीमैत्री बनाउनको लागि यहिको समाजले भुमिका खेल्नुपर्ने र त्यसको लागि जनप्रतिनिधिको रुपमा आफुले सहयोग गर्ने बताउनुभएको थियो ।
कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सेनाले नेपाल सरकार र नगरपालिकाको सहयोगबाट कम्प्युटर ल्याव, विज्ञान प्रयोगशालाको स्थापना गरिएको हुनाले विद्यालयको शैक्षिक स्तर आगामी दिनहरुमा अझै प्रगतिको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा विशेष अतिथि एवं व्यास नगरपालिका वडा नं. १० का अध्यक्ष तुलसीराम सापकोटाले आफ्नो जन्मदिनको अवसरमा बिद्यालयको अक्षयकोषको लागि १५ हजार ५ सय ५५ रुपैया हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयमा उत्कृष्ट नजिता ल्याउने विद्यार्थीहरु प्रमुख अतिथि सूर्यमाया पौडेल, विशेष अतिथिहरु वडा नं. १० का अध्यक्ष तुलसीराम सापकोटा, शिक्षा युवा तथा खेलकुद शाखा व्यास नगरपालिकाका शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मी, वडा सदस्य सूर्यराज मिश्र र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सेनाले पुरस्कार वितरण गर्नुभएको थियो ।
विद्यालयकी शिक्षिका मनु सापकोटा पौडेलले संचालन गरेको कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक बिष्णुप्रसाद अधिकारीले स्वागत मन्तव्य र विद्यालयका प्रधानाध्यापक भरत काफ्ले विद्यालयको प्रगति विवरण पेश गर्नुभएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले नृत्य तथा आफना विभिन्न कला कौशल प्रस्तुत गर्नुभएको थियो ।












