डा. स्वर्णिम वाग्लेद्धारा बुद्धसिंह मार्गको स्थलगत निरिक्षणः चाँडो निर्माण सम्पन्न गर्न पहल गर्ने

  • ख-
  • ख+

तनहूँ । तनहूँ क्षेत्र नं. १ का सांसद एवं वरिष्ठ अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले तनहूँको सदमुकाम हुदै चितवन जोड्ने बुद्ध सिंह मार्गको स्थलगत निरिक्षण गर्नुभएको छ । बुद्धसिंह मार्गको निरिक्षण गर्दै सांसद डा. वाग्लेले ”तनहूँको दक्षिणी भेगलाई सदरमुकाम दमौली र चितवनसग जोड्ने बुद्धसिंह मार्ग निर्माणमा ढिलाईले जिल्लाको बिकासमा असर पुगेको” बताउनुभएको थियो । उक्त अवसरमा सांसद डा. वाग्लेले ”सम्माननिय पुर्व प्रधानमन्त्री स्वर्गिय कृष्णप्रसाद भट्टराई र पुर्व निमाणमन्त्री स्वर्गिय मार्शल जुलुम शाक्यको पालामा निर्माण शुरु भएको यो मार्ग ३० औं बर्ष पुग्दा पनि निर्माण सम्पन्न नहुनु दुःखद कुरा भएको” बताउनुभएको थियो ।

उक्त अवसरमा सांसद डा. वाग्लेले बुद्धसिंह मार्ग निर्माणका लागि ठेक्का प्राप्त गरेको कम्पनीका प्रतिनिधि र प्राविधिकसग निर्माणमा भएका वाधा व्यवधानहरुका बारेमा सरसल्लाह गर्नुभएको थियो । कम्पनीका प्रतिनिधिहरुले ”फिल्डमा वाधा व्यवधानहरु नभएपनि सरकारका तर्फबाट पर्याप्त बजेट व्यवस्था नहुँदा काम अगाढि बढ्न नसकेको बताएको” सांसद डा. वाग्लेको भनाई रहेको थियो ।

”तनहूँको सदरमुकामबाट दक्षिणी भेगहरुमा जान सहज हुने र दमौलीबाट चितवन जान २२, २३ किलोमिटर छोटो पर्ने मार्ग निर्माणमा पनि ३० औं बर्षसम्म सम्पन्न नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आफु गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री यसै जिल्लाका जितप्रकाश आले र संघिय सरकारका मन्त्रीसग समन्वय गर्ने” बताउनुभएको थियो ।

स्मरणिय छ केहि महिना अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं. ३ का सांसद रवि लामिछाने र सांसद डा. वाग्लेले घुमाउनेको पुलको निरिक्षण गरि उक्त पुल निर्माणमा तदारुकता देखाउन ठेकेदार कम्पनीलाई ताकेता गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्