नेपालमा नयाँ कृषि क्रान्ति आवश्यक

  • ख-
  • ख+

(लेखकःगोपाल सुर्खाली)

नेपाल कृषि प्रधान देश हो यहाका अधिकांश जनता कृषिमा निर्भर रहेता पनि हामीले यसलाई अझै ब्यबसायी करण गर्न सकेका छैनौं किनभने हामी उहीँ पुरानो सैलीको खनजोत , पुरानै शैलीको गोडमेल पुरानै शैलीको बीउ पुरानै शैलीको सिचाइ गरिराखेका छौ सायद यसकारण हामीले भनेजति फसल (अन्न) उत्पादन गर्न सकिराखेका छैनौं कि भन्ने लाग्छ र अब हामीले बिषादी रहित अन्न उत्पादन गरि मानिसको जिवनलाई स्वस्थ र निरोगी बनाउनु अति आवश्यक छ ।
अब साच्चै नेपालको नयाँ कृषि क्रान्ति गर्ने हो भने सर्बप्रथम कृषि योग्य जमिन र एकिकृत बसोबास गर्ने जमिन सरकारले छुट्याउनु पर्छ । दोस्रो कुरा, कुन माटोमा कुन खेती हुन्छ वा हुदैन भन्ने कुराको लागि माटोको टेष्ट (Soil Test ) हुनु जरुरी छ । तेस्रो कुरा कृषकले खनजोत गर्न गर्न नयाँ शैलीको उपकरण प्रयोग गर्नुपर्छ र पुरानो बिउ बिजनबाट उत्पादन कम हुने भएकोले नया बिउबिजन प्रयोग गरि बढी उत्पादन लिन सकिन्छ साथै चौथौ कुरा यसका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा पानी यानेकी सिचाइ हो जसले गर्दा सिचाइ राम्रो भए उत्पादन बढी र सिचाइ कम भए उत्पादन कम हुने गर्दछ ।

सरकारको दायित्व
१. सरकारले किसानहरुलाई सस्तो ब्याजदरमा १० बर्षे ऋण प्रबाह गर्ने ।
२. सरकारले अहिले दिईरहेको अनुदान खारेजी गरी उत्पादनका आधारमा अनुदान दिने ब्यबस्था गर्ने ।
३. सरकारले नेपाल अधिराज्यभरका पालिकाहरुमा खााद्य भण्डार (केन्द्र) स्थापना गरी किसानका उत्पादन सही मुल्यमा खरिद गरी र बिक्री वितरण गर्ने
४. सरकार र उपभोक्ता समितिको बिच छलफल गरी मुल्य निर्धारण गर्ने ।
५. केन्द्रीय सरकारले आयात र निर्यात मन्त्रालयको स्थापना गरि जनताबाट उत्पादन गरेका सम्पूर्ण बस्तुहरु सरकारले अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने ।
६. किसानलाई पेन्सनको ब्यबस्था गर्ने ।
७. राम्रो किसानलाई पुरस्कारको ब्यबस्था गर्ने ।
८. बीउ बिजन, कृषि औजार र कृषकलाई चाहिने सामाज अनुदानमा उपलब्ध गराउने ।
९. कृषि बिग्यहरुलाई कृषकको खेतबारीमा गई डकुमेन्ट्री सहित नियमित अनुगमन गर्न लगाउने ।
१०. सरकारले कृषकहरुलाई नियमित रुपमा कृषि सम्बन्धि प्रशिक्षण दिने ।

कृषकको काम कर्तव्य र अधिकार
१. कृषि उत्पादनमा जोड दिने
२. सरकारले दिएको सहुलियत दरको ऋण नियमित रुपमा तिर्नुपर्ने ।
३. कृषकहरूले नियमितरूपमा कृषि सम्बन्धि प्रशिक्षणको माग गर्ने ।
४. कृषकहरूले आफ्नो बालीको बिमा गर्नुपर्ने ।
५. कृषकहरूले सरकारसंग पेन्सनको माग गर्नुपर्ने ।
६. कृषकहरुले आफ्ना सम्पूर्ण उत्पादन खरिद गर्नका लागी सरकारसंग माग गर्ने ।

तत्कालका लागि सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने दायित्व र कृषकले आफ्नो गर्नुपर्ने कर्तव्य र लिनुपर्ने अधिकार यिनै हुन भन्ने लाग्छ त्यसैले सरकारले कृषि क्रान्ति गर्ने हो भने कृषि छेत्रमा ठुलो लगानी बढाउनु पर्छ ।
बास्तबमा भन्ने हो भने कृषक श्रमजिवी वर्ग मात्रै होईन उनीहरु यो संसारका मानिसहरुको प्राण बचाउने मान्छे हुन जसले गर्दा यो संसार चलेको छ त्यसैले किसानको सबैले (कृषक) सम्मान गरौ र भनौ जय किसान।
गोपाल सुर्खाली
व्यास ११, तनहूँ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्