१३ मंसिर । तनहूँ । तनहूँको दमौली बजार नजिकै घाँसीकुवामा बस दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट पोखरा आउदै गरेको ग १ ख ७८९५ नम्वरको बस पृथ्वीराज मार्गको ब्यास १२ घासिकुवामा दुर्घटना भएको हो । बिहान करिब ५ः ३० बजेको समयमा उक्त दुर्घटना ३४ जना घाईते भएको र घाईतेहरुलाई विभिन्न अस्पतालहरुमा उपचारको लागि लगिएको छ।
बसको तिव्र गति चालकको लापरवाहीका कारण तिव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला ट्राफिक कार्यालय तनहूँका प्रहरी नायव निरिक्षक सन्तोष पौडेलले जानकारी दिनुभएको छ ।








