तनहूँ । तनहूँ १ का सांसद एवं वरिष्ठ अर्थविद् डा. स्वर्णिम वाग्ले रास्वपा उपसभापति चयन हुनुभएको छ । । जलेश्वरमा तीन दिनसम्म बसेको बैठकले पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त कैठकले डा. वाग्लेलाई उपसभापति चयन गरेको हो ।
त्यसैगरि रास्वपाले आफ्नो केन्द्रीय समिति ६० सदस्यीय बनाएको छ । वैठकले सांसद सुमोन श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री चयन गरेको छ । यस्तै कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषाध्यक्षमा दिपक बोहरा चुनिनुभएको छ । पार्टीको सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ ।
पार्टीमा सबै सांसदहरुलाई केन्द्रीय सदस्य बनाएको बैठकले अनिल केशरी शाह, राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई पनि यस्तै पाँच केन्द्रीय सदस्य बनाएको छ ।








