१४ मंसिर । तनहूँ । राष्ट्रिय युवा संघ तनहूँबाट १२ जना युवाहरु भुकम्प पिडितको घर निर्माणका लागि आज जाजरकोट जादै छन् । नेकपा एमालेले बिशेष गरि युवाहरुलाई भुकम्प पिडितको सहयोग र भुकम्पले भत्केका घरहरु पुर्ननिमाण र घर बनाउनको लागि परिचालन गरेकोले युवा संघ खटिएको राष्ट्रिय युवा संघ तनहूँका अध्यक्ष मदन तिमल्सेनाले जानकारी दिनुभएको छ । ।
राष्ट्रिय युवा संघ तनहूँ जिल्ला सचिवालय सदस्य सुरज सिंह थापाको नेतृत्वमा जान लागेको टोलीमा ओम थापा, मदन थापा, दिलिप थापा, रवि परियार, दिलिप थापा मगर , सिर्जन थापा, कमल थापा, विशाल थापा, युवराज सेन ठकुरी, दुर्गा बहादुर सिमल थापा र बसन्त थापा हुनुहुन्छ ।
नेपालको विकट भेगका आमाबुबा, दाजुभाई, दिदीबहिनीहरु संकटमा परेको समयमा उहाँहरुको सहयोगको लागि जान पादाँ खुशी लागेको टोलीको नेतृत्वकर्ता एवं राष्ट्रिय युवा संघ तनहूँ जिल्ला सचिवालय सदस्य सुरज सिंह थापाले बताउनुभएको छ । थापाका अनुसार तनहूँबाट जान लागेको युवा संघको टोली भुकम्प पिडितहरुका घरमात्र निर्माण नगरेर आवश्यक पर्ने सबै भैपरि आउने काम गर्नेछ ।








