भानु नगरपालिकाका मेयरका स्वकिय सचिव कार्यालयको मोटरसाईकल सहित सम्पर्कविहिनः स्पष्टिकरण पत्र घरमा बुझाईयो

  • ख-
  • ख+

तनहूँ । भानु नगरपालिकाका मेयरका स्वकिय सचिव भानु ९ काउरेटारका सुजन थपलिया कार्यालयको मोटरसाईकल सहित सोमवार रातिबाट सम्पर्कविहिन हुनुभएको छ । बिना अनुमति कार्यालयको ग १ ब ८४७ नम्बरको सरकारी मोटरसाईकल लिएर भानु नगरपालिकाकै थानिको थान मन्दिरमा मेला हेर्न जानुभएका थपलिया सम्पर्क विहिन हुनुभएको भानु नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकिय अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभएको छ । प्रमुख प्रशासकिय अधिकृत दिवाकर पौडेलका अनुसार थानिको थानमा मेला भर्न जानुभएको थपलियाको समुह र अन्य युवाहरुबिच मदिराको सुरमा ग्यांग फाईट भएको खबर सुनिएको तत्पश्चात कार्यालयको मोटरसाईकल हराएको सुनिन आएको छ आधिकारिक व्यक्ति सम्पर्कमा नआएको हुनाले घटनाको बारेमा केहि भन्न नसकिने उहाँले बताउनुभएको छ । साथै मेयरका स्वकिय सचिव थपलियाले कार्यालयको सवारी साधन प्रयोग गर्न पाउनुहुन्न तै पनि मोटरसाईकल प्रयोग गरिरहनुभएको थियो तर अहिले थपलियाले लगेको मोटरसाईकल उहाँले प्रयोग गर्ने गरेको नभएको र उक्त मोटरसाईकल खोजविनको लागि प्रहरी कार्यालयमा उजुरी दिईसकेको पनि प्रमुख प्रशासकिय अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?