दमौली । टिम नेपो तनहूँको आयोजनामा शुक्रबार व्यास नगरापलिका वडा नंं ५ को जनजुक्त शाही माध्यमिक विद्यालयमा प्राथमिक स्वास्थ उपचार सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । क्लवका अध्यक्ष पवित्रा भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास नगरपालिकाका वडा नं ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले घाइते वा बिरामीलाई सम्बन्धित उपचार केन्द्रमा पु¥याउन अघि बिरामीको थप स्वास्थ बिग्रन नदिन गरिने प्राथमिक स्वास्थ्य उपचारले नै बिरामीको जीवन जोगाउने बताउनुभयो । साथै यस्ता खालका कार्यक्रमहरु विद्यालयमा मात्रै नभै समुदाय र टोलटोलमा गरिनुपर्नेमा श्रेष्ठले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी गण्डकी प्रदेशका संयोजक तथा प्रशिक्षक कृष्णचन्द्र पाण्डे , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युतराज काफ्ले , विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपाने, सहायक प्रधानाध्यापक खेमराज रेग्मी, कार्यक्रम संयोजक उमेश पौडेल , लगायतकाले बोल्नुभएको थियो । सो प्रशिक्षण कार्यक्रममा उक्त विद्यालयका ७० जना विद्यार्थीहरु सहभागी रहेको क्लबको सचिव वर्षा सारु मगरले जानकारी दिनुभयो ।
सामाजि कार्यहरुमा सक्रिय टिम नेपो तनहूँले यसभन्दा अगाडि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।








