सेवर दुग्घ उत्पादक सहकारी संस्थाको ३१ औं साधारण सभा सम्पन्न

  • ख-
  • ख+

१५ मंसिर । तनहूँ । व्यास नगरपालिका वडा नं. १० सेवरको सेवर दुग्घ उत्पादक सहकारी संस्थाको ३१ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम व्यास नगरपालिका वडा नं. १० का अध्यक्ष खेमराज पोखरेलको प्रमुख अध्यक्षतामा भएको थियो । कार्यक्रममा व्यास ११ का अध्यक्ष दलबहादुर दुरा विशेष अतिथिकिो रुपमा सहभागी रहनुभएको थियो ।
उक्त अवसरमा प्रमुख अतिथि वडा नं. १० का अध्यक्ष खेमराज पोखरेल, व्यास ११ का अध्यक्ष दलबहादुर दुरा लगायतका महानुभावहरुले सेवरको सेवर दुग्घ उत्पादक सहकारी संस्थाले कृषकको पक्षमा धेरै काम गरेर र अझै धेरै काम गर्न बाँकि रहेको बताउनुभएको थियो । उक्त अवसरमा शुभकामना मन्तव्य दिदै अन्य अतिथिहरुले स्थानिय तहको सरकारले कृषकको लागि बिशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

केन्द्रीय दुग्घ सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुवर, व्यास नगरपालिका वडा नं. १० का सदस्य बासना कुवर, ईश्वर पौडेल, व्यास ११ का सदस्य रामकृृष्ण अधिकारी, दुम्सि दुग्घ उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीराम सापकोटा, सर्वज्योति मा.वि.. का अध्यक्ष विष्णुप्रसाद अधिकारी, उक्त क्षेत्रका गन्यमान्य व्यक्तित्वहरु झलक पौडेल, प्रेमराज मिश्र, टिकाराम दाहाल, अर्जुन गुरुगं, रिता पौडेल, संस्थाका निवर्तमान अध्यक्ष याम बहादुर कुवर अतिथिको रुपमा सहभागी हुनुभएको कार्यक्रम संस्थाका व्यवस्थापक राजु भुजेलले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा कृषकहरुलाई सम्मान पनि गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्