तस्विरः सांकेतिक

मङ्सिर १८ मा सरकारले एक विज्ञप्तिमार्फत् मृत्यु हुने ती नेपालीहरूको नाम सार्वजनिक गरेको छ।

सरकारले मृतकहरूको नाम सन्दीप थपलिया (गोरखा), रूपक कार्की (कपिलवस्तु), देवान राई (कास्की), पितम कार्की (स्याङ्जा), राजकुमार रोका (दोलखा) र गङ्गाराज मोक्तान (इलाम) भएको जनाएको छ।

नेपाली नागरिकहरू परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा भर्ना हुँदै आएकोमा तीबाहेक अन्य देशका सेनामा भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको मन्त्रालयले दोहोर्‍याएको छ।
त्यसैले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न समेत मस्कोसँग माग गरिएको छ।

मन्त्रालयको विज्ञप्तिमा कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत अनुरोध गरेको जनाइएको छ।