
२० मंसिर । तनहूँ । अबैध लागू औषध सहित बिजय गुरुगं पक्राउ परेका छन् । गोरखा सिरानचोक गाउँपालिका वडा नं. २ थालाजुङ् स्थायी वतन भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २० चन्द्रनगर बस्ने बर्ष २६ को बिजय गुरुङलाई मंसिर १९ गते तनहूँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा मुग्लिङ् तर्फबाट आँबुखैरेनी तर्फ पैदल आउदै गर्दा अवैध लागु औषध सहित पक्राउ गरिएको हो । डिउटीमा खटिएका प्रहरी टोलीले शंका लागी गुरुगंको शरीर खान तलासी गर्दा निजले पछाडी भिरेको झोला भित्र पत्रिकामा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा अवैध लागु औषध Diazepam 2ml को सिसि थान-९, noophine 2ml को सिसि थान-४ र Phenergan लेखिएको 2ml को सिसि थान-८ गरी जम्मा २१ थान (एम्पुल) लागू औषध डाईजेपाम समेत फेला पारी बरामद पारिएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।
उक्त लागु औषध सहित बिजय गुरुङलाई पक्राउ गरी सम्मानित तनहूँ जिल्ला अदालतबाट १९ गते देखी लागु हुने गरी दिन ७ को म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभएको छ ।